Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले के भने ?

प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले के भने ?

  • आइतवार, माघ २९ २०७९

  • 562
    SHARES

  • प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले के भने ?
    काठमाडौं । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरूले समसामयिक परिस्थिति र जनतालाई परेको समस्याको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । 
     
    आइतबार(आज) बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले समसामयिक परिस्थितिको सम्बन्धमा आफ्नो धारणा राखेका छन् भने विभिन्न प्रकारका समस्याहरूको समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 
     
    सांसद मनबहादुर गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गराउन माग गर्नुभयो ।   कास्कीमा ३० हजार भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासी रहेको भन्दै उनीहरूको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।  
     
    सांसद महेशकुमार बर्तौलाले किसानले आवश्यक मल पाउन नसकेको भन्दै तुरुन्त मलको व्यवस्था गर्न सरकार सँग माग गर्नुभयो ।  
     
    सांसद मुक्ताकुमारी यादवले राज्यका विशिष्ट व्यक्तिले सवारीका क्रममा शक्तिको चरम दुरुपयोग गरेको बताउनुभयो । विशिष्ट व्यक्तिको तडकभडक शैलीका कारण जनताले लोकतन्त्रको अनुभूति गर्न नसकेका भन्दै उहाँले आगामी दिनमा यस्तो संस्कारको विकास नहोस् भनी ध्यानाकर्षण गराउनुभयो ।  
     
    सांसद मेनकाकुमारी पोखरेलले घोराही–तुलसीपुरको ४ लेन सडक समयमा नबन्दा जनताले सास्ती भोगेको भन्दै तुरुन्त निर्माण कार्य प्रारम्भ गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।  
     
    सांसद मैना कार्कीले जाजरकोटको नलगाड हाइड्रोपावरको ८० महिना बित्दासमेत डिपिआर प्रतिवेदन आउन नसकेको भन्दै तत्काल सम्बद्ध कम्पनीलाई कारबाही गर्न माग गर्नुभयो।  
     
    सांसद योगेशकुमार भट्टराईले जग्गाको हदबन्दी सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।  
     
    सांसद रमा कोइराला पौडेलले भक्तपुर जिल्लामा खानेपानीको अभाव भएकाले मेलम्ची खानेपानी आयोजना भक्तपुरमा पुर्‍याउनुपर्ने बताउनुभयो । त्यस्तै चिया बगानमा काम गर्ने मजदुरको पारिश्रमिक वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।  
     
    सांसद रामहरि खतिवडाले भूकम्प पीडितले पाउने भनिएको तीन लाख रुपैयाँ अझैसम्म नपाएको भन्दै कहिलेसम्ममा तीन लाख दिने हो भनी सरकारलाई प्रश्न गर्नुभयो । उहाँले सबै पालिकासम्म कहिलेसम्ममा सडक पिच भइसक्छ सो को जवाफ मन्त्रीले सदनमा आएर दिनुपर्ने बताउनुभयो ।  


    आइतवार, माघ २९ २०७९०५:१५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij