Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रविको सांसद पद गुमेको चितवन २ मा वैशाख १० गते उपनिर्वाचन

रविको सांसद पद गुमेको चितवन २ मा वैशाख १० गते उपनिर्वाचन

  • आइतवार, माघ २९ २०७९

  • 575
    SHARES

  • रविको सांसद पद गुमेको चितवन २ मा वैशाख १० गते उपनिर्वाचन
    काठमाडौं । निर्वाचन आयोगको चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। 
     
    आज बसेको आयोगको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको हो ।
     
    चैत २० गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको पनि आयोगले जनाएको छ। उक्त निर्वाचन क्षेत्रबाट गएको मंसिरमा रवि लामिछाने निर्वाचित हुनुभएको थियो। तर नागरिकता मुद्दामा सर्वोच्च अदालतले उहाँलाई अनागरिक ठहर गरेपछि उक्त स्थान रिक्त भएको थियो। 
     
    नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ।
     
    magh-29-3-upanirbachan-1222023122038-1000x0.jpg


    आइतवार, माघ २९ २०७९०५:२०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij