काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले बजेट ल्याउँदा तय गरेको ८ प्रतिशतको आर्थिक वृद्विदरको लक्ष्य पूरा नहुने दाबी गर्नुभएको छ ।
आर्थिक वर्ष ०७९/०८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सन्दर्भमा प्रतिनिधि सभामा आइतबार(आज)को बैठकमा दिएको वक्तव्यमा उहाँले उक्त दाबी गर्नुभएको हो।
‘अर्थतन्त्रको विद्यमान प्रवृत्ति आंकलन गर्दा ८ प्रतिशतको आर्थिक वृद्विदर हासिल गर्ने चालू वर्षको लक्ष्य पूरा हुने देखिँदैन,’ मन्त्री पौडेलले भन्नुभयो।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दा ८ प्रतिशतको आर्थिक वृद्विदर पूरा गर्ने महत्त्वाकांक्षी लक्ष्य तय गर्नुभएको थियो ।