Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

टर्की र सिरियाको भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

टर्की र सिरियाको भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

  • शनिवार, माघ २८ २०७९

  • 542
    SHARES

  • टर्की र सिरियाको भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

    एजेन्सी । टर्की र सिरियामा गत सोमबारको भूकम्पमा ज्यान गुमाउनेको संख्या २३ हजार नाघेको छ। भूकम्पको पाँच दिन पूरा भइसक्दा पनि खोजी र उद्धार जारी छ, तर भग्नावशेषमा जीवित व्यक्ति भेटिने आशा क्षीण हुँदै गइरहेको छ।

    हिमपात र कठ्याङ्ग्रिदो चिसोले भूकम्प पिडीतहरुलाई थप सास्ती भएको छ। टर्कीका केही भागमा अहिले शून्य भन्दा कम तापक्रम रहेको अधिकारीहरूले बताएका छन्।

    टर्कीमा भूकम्पको करिब ९० घण्टापछि भग्नावशेषबाट एक नवजात शिशु र उनकी आमालाई उद्धार गरिएको छ। दक्षिणी हाताय प्रान्तको क्षतिग्रस्त भवनको भग्नावशेषबाट १० दिने यागिज नामक बच्चाको जीवित उद्धार गरिएको हो। सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमा रातको समयमा ती बच्चालाई निकै होसियारीपूर्वक भग्नावशेषबाट निकालिएको हो।

    स्थानीय सञ्चारमाध्यमले यसलाई चामत्कारिक घटनाको संज्ञा दिएको बीबीसीले लेखेको छ।

     


    शनिवार, माघ २८ २०७९०६:४६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij