Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सरकारले मुलुकको हितमा काम गर्नेछ : राष्ट्रपति भण्डारी

सरकारले मुलुकको हितमा काम गर्नेछ : राष्ट्रपति भण्डारी

  • शुक्रवार, माघ २७ २०७९

  • 309
    SHARES

  • सरकारले मुलुकको हितमा काम गर्नेछ : राष्ट्रपति भण्डारी

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघ तथा प्रदेश सरकारले मुलुको हितका लागि केन्द्रित भएर काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

    संघीय संसदको दुवै सदनलाई आज सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले जनप्रतिनिधिहरूले जनताका आशा, विश्वास र भरोसाको सम्बोधन हुनेगरी कार्य सम्पादन गर्ने बताउनुभएको हो ।

    'संघ तथा प्रदेश सरकारले आफ्नो समग्र ध्यान मुलुकको हितका लागि केन्द्रित गरी जनताका आशा,विश्वास र भरोसाको सम्बोधन हुनेगरी कार्य सम्पादन गर्नेछन्,'राष्ट्रपतिको भनाई छ ।

    सम्बोधनका क्रममा राष्ट्रपतिले प्रतिनिधिसभाका नव निर्वाचित सांसदहरूलाई बधाइ दिँदै कार्यकालको सफलताको शुभकामना पनि दिनुभयो ।

    प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण र निस्पक्षरुपमा सम्पन्न गर्ने नेपाल सरकार, निर्वाचन आयोग,राष्ट्र सेवक कर्मचारी राजनीतिक दल र मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।


    शुक्रवार, माघ २७ २०७९०३:३९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij