Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त, भोलि शपथ ग्रहण गराइने 

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त, भोलि शपथ ग्रहण गराइने 

  • बिहिवार, माघ २६ २०७९

  • 522
    SHARES

  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त, भोलि शपथ ग्रहण गराइने 
    काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख देवराज जोशीले शाहलाई बिहीबार(आज) साँझ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। शाहले प्रदेश मुख्यमन्त्रीमा नियुक्त गर्न आजै दाबी पेस गर्नुभएको थियो ।  
     
    नवनियुक्त मुख्यमन्त्री शाहको शुक्रबार(भोलि) शपथ ग्रहण गराइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
     
    ५३ सदस्यीय प्रदेशसभामा कांग्रेस १९, माओवादी केन्द्र १० (सभामुख बाहेक), एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, एकीकृत समाजवादी ४, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन् । यसअघि पुस २७ गते माओवादी केन्द्र ११, एमाले १०, नाउपा ७, र एक जना राप्रपा सांसदको समर्थनमा गठित एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकारले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिन असफल भएपछि सरकार ढलेको थियो । लगत्तै रावलले प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गर्नुभएको थियो ।
     


    बिहिवार, माघ २६ २०७९०८:२७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij