Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा विभाजित भए यो संविधान समाप्त हुन्छः मन्त्री त्रिपाठी

नेकपा विभाजित भए यो संविधान समाप्त हुन्छः मन्त्री त्रिपाठी

  • आइतवार, आषाढ २१ २०७७

  • 1.2K
    SHARES

  • नेकपा विभाजित भए यो संविधान समाप्त हुन्छः मन्त्री त्रिपाठी

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले नेकपा विभाजित भए संविधान सभाबाट बनेको अहिलेको संविधान नै समाप्त हुने बताउनुभएको छ ।

    उहाँले जनताले दुइतिहाई मत दिएको र देशको सवैभन्दा ठूलो दल नेकपामा विभाजन आउँदा देशकै राजनीतिक अवस्था परिवर्तन हुने दावी गर्नुभयो ।

    आफु नेकपाको सदस्य नभएको बताउँदै उहाँले यो पार्टी विभिाजित हुँदा नेपालको संविधान र अहिले भएको राजनीतिक व्यवस्थानै नरहने नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा बताउनुभयो ।

    उहाँले पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छोड् भन्नु नेकपाका नेताहरुको कम्जोरी भएको बताउँदै दुई अध्यक्ष मध्ये एकले पद छोड्नुपर्ने अवस्था आए नेकपाको एकिकरणको प्रक्रिया नै सकिएको ठहरिने बताउनुभयो ।

    त्रिपाठीले अहिले नेकपाको पार्टी एकिकरण प्रक्रिया अधुरै रहेकाले ओली वा दाहालले पद छाड्ने वित्तिकै यो प्रक्रिया अगाडी जान नसक्ने र दुवै पार्टी पूर्ववत् अवस्थामा फर्कनुपर्ने अवस्था आउने टिप्पाणी गर्नुभयो ।

     


    आइतवार, आषाढ २१ २०७७०९:५८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij