Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

टर्कीमा शक्तिशाली भूकम्प, १५ जनाको मृत्यु, कैयौं मानिस पुरिएको आशंका 

टर्कीमा शक्तिशाली भूकम्प, १५ जनाको मृत्यु, कैयौं मानिस पुरिएको आशंका 

  • सोमवार, माघ २३ २०७९

  • 495
    SHARES

  • टर्कीमा शक्तिशाली भूकम्प, १५ जनाको मृत्यु, कैयौं मानिस पुरिएको आशंका 
    काठमाडौं । सोमबार(आज) बिहान सवा चार बजेतिर टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म १५ जनाको मृत्यु भएको पुष्टि भएको छ। समाचार एजेन्सी एएफपीका अनुसार अहिलेसम्म १५ जनाको शव निकालिएकी टर्कीस अधिकारीहरूले जानकारी दिएका छन्। 
     
    अमेरिकी भौगर्भिक सर्भेका अनुसार ७.८ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु कहरामनमारस प्रान्तको गाजियानटेप सहरभन्दा ३० किलोमिटर टाढा रहेको छ। भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा करिब २४ किलोमिटर मुनि रहेको बताइएको छ। 
     
    भूकम्पको झड्का राजधानी अंकाराका साथै नूरदगी सहरसहित सिरिया र लेबनामासमेत महसुस गरिएको छ। स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७।८ रेक्टर स्केलको पहिलो शक्तिशाली भूकम्प गएको थियो। त्यसको ११ मिनेटपछि पुनः ६.७ रेक्टर स्केलको दोस्रो भूकम्प गएको थियो। 
     
    दोस्रो भूकम्पको केन्द्र जमिनभन्दा ९।९ किलोमिटर मुनि रहेको बताइएको छ। कैयौं मानिसहरू मारिएको बताइएको छ। सरकारले आधिकारिक रुपमा मानवीय क्षतिबारे कुनै जानकारी दिएको छैन। कैयौं भवनहरू भत्किएका छन्।
     
    भत्किएका भवनमुनि कैयौं मानिसहरू च्यापिएको आशंका गरिएको छ। टर्की सरकारले भूकम्पपछि देशमा आपत्काल घोषणा गरेको छ। 


    सोमवार, माघ २३ २०७९१०:२१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij