Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज मन्त्रिपरिषद्को बैठक बस्दै

आज मन्त्रिपरिषद्को बैठक बस्दै

  • सोमवार, माघ २३ २०७९

  • 417
    SHARES

  • आज मन्त्रिपरिषद्को बैठक बस्दै
    काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आजलाई बोलाइएको छ । बैठक अपराह्न: ४ बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
     
    सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी मन्त्री फिर्ता भएपछि यो बैठक बोलाइएको हो । 
     
    रवि लामिछानेको गृहमन्त्री पद गुमेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँगै गृहमन्त्रालयसहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय छन् ।  
     
    आइतबार रास्वपाका शिक्षा, विज्ञान तथा प्रविधिबाट शिशिर खनाल र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयबाट डोरप्रसाद अर्याल तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए । 
    उनीहरूको राजीनामापछि कसलाई के जिम्मेवारी भन्ने तोकिएको छैन । 
     


    सोमवार, माघ २३ २०७९०८:१४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij