Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय भूमि आयोग खारेजीको माग

राष्ट्रिय भूमि आयोग खारेजीको माग

  • शुक्रवार, माघ २० २०७९

  • 348
    SHARES

  • राष्ट्रिय भूमि आयोग खारेजीको माग

    काठमाडौं । सुकुम्बासी समस्या समाधान गर्न नसकेको भन्दै उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले राष्ट्रिय भूमि आयोग खारेजीको माग गरेको छ ।

    काठमाडौं उपत्यकाका नदी किनारमा बसेका सुकुम्बासीलाई हटाउन खोज्दा आयोगले हस्तक्षेप गरेर रोकेको भन्दै त्यसको विरोधमा ज्ञापन पत्र बुझाउ गएका उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिका पदाधिकारीले आयोग खारेजीको माग गरेका हुन् ।

    आयोगका पदाधिकारीले बागमती किनारामा बसेका नागरिकको छातिमा डोजर चलाएर बस्ती खाली गर्न नपाउने बताएपछि समितिका पदाधिकारीले काठमाडौंको बालाजु बाइपास सडक विस्तारका क्रममा स्थानीयबासिन्दामाथि बल प्रयोग गरेर ३९ वटा घर भत्काउँदा आयोग कहाँ थियो भनेर प्रश्न गरेका थिए ।

    त्यसपछि आयोग र समितिका पदाधिकारीबिच चर्काचर्कीसमेत भएको छ । उपत्यकाका नदी किनारा खाली गराउने अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको योजनामा हस्तक्षेप नगर्न समितिले आयोगलाई चेतावनी दिएको छ ।


    शुक्रवार, माघ २० २०७९०२:२८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij