Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

खरिद प्रक्रिया पारदर्शी बनाउन स्वास्थ्यमन्त्री गिरीको निर्देशन

खरिद प्रक्रिया पारदर्शी बनाउन स्वास्थ्यमन्त्री गिरीको निर्देशन

  • बिहिवार, माघ १९ २०७९

  • 344
    SHARES

  • खरिद प्रक्रिया पारदर्शी बनाउन स्वास्थ्यमन्त्री गिरीको निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिनुभएको छ । आज स्वास्थ्य सेवा विभागको अनुगमन गर्दै प्रेस ब्रिफिङमा उहाँले खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिनुभएको हो ।

    देशका विभिन्न अस्पतालमा रहेका पुराना स्वास्थ्य उपकरणहरु प्रयोगविहीन रहेको गुनासो आइरहेको भन्दै मन्त्री गिरीले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको भ्रमणपछि उहाँले प्रयोगशालाहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा प्रदेशहरूमा व्यवस्थित प्रयोगशाला खोल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    कार्यक्रममा बोल्दै मन्त्री गिरीले कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि बुस्टर डोज ल्याउनेबारे योजना बनाउनुपर्ने पनि बताउनुभएको थियो । यस्तै स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री बनाउनुपर्ने पनि उहाँको भनाइ थियो। मन्त्री गिरीले कुनै पनि निकायबाट नीतिगत भ्रष्टाचार हुने वा निहीत स्वार्थमा काम हुने गरेको पाइएको भन्दै त्यसलाई तत्काल निरुत्साहित पार्न पनि सचेत गराउनुभयो ।

    यस्तै, सामूहिक प्रयासबाट मात्रै प्रभावकारी काम सम्भव भएको भन्दै मन्त्री गिरीले सबैलाई आफ्नो जिम्मेवारी र दायित्व बुझेर काममा जुटिदिन आग्रह गर्नुभएको थियो ।


    बिहिवार, माघ १९ २०७९०४:१९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij