Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने

  • बिहिवार, माघ १९ २०७९

  • 453
    SHARES

  • कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ ।

    दलका नेता शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको संसदीय दल कार्य समिति बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो ।

    माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षको चुनाव हुँदैछ । उपाध्यक्षमा उम्मेदवार दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

    त्यस्तै कार्य समिति बैठकले माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।
    लेखकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने कुरा प्रधानमन्त्रीले बताइसकेकाले कांग्रेस प्रधानमन्त्रीको भनाइप्रति विश्वस्त रहेको बताउनु भएको छ।

     


    बिहिवार, माघ १९ २०७९११:१७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij