Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेको सांसद पद रिक्त भएको सूचना सदनलाई जानकारी

रवि लामिछानेको सांसद पद रिक्त भएको सूचना सदनलाई जानकारी

  • बुधवार, माघ १८ २०७९

  • 606
    SHARES

  • रवि लामिछानेको सांसद पद रिक्त भएको सूचना सदनलाई जानकारी
    काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको सूचना जानकारी गराउनुभएको छ । बुधबार(आज) बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त पत्र अनुसारको जानकारी सदनलाई गराउनुभएको हो । 
     
    सभामुख घिमिरेले भन्नुभयो– ‘सर्वोच्च अदालतको पत्रको चलानी नम्बर २७४०६, मुद्दा नम्बर ०७९ डब्ल्यु सी ००३५ को मिति २०७९ माघ १५ गते, युवराज पौडेल निवेदक भई दायर भएको रिट निवेदनबाट प्रतिनिधिसभा सदस्य भएका रवि लामिछानेले अमेरिकी नागरिकता विधिवत् त्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता प्राप्त गर्न प्रक्रिया पूरा नगरिएको हुँदा निजले प्रतिनिधि सभाको सदस्य रहन देखिन उपयुक्त नदेखिएकोले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार हुन उपयुक्त नदेखिएकोले उम्मेदवार भई निर्वाचित भएको देखिएकोले निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने काम नेपालको संविधानको धारा ३३ को उपधारा २, ३ र धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुन्छ भन्ने निर्णय गरेकोले नेपालको संविधानको धारा ८९ को खण्ड ख बमोजिम प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको कुरा प्रतिनिधिसभा नियमावली २०७५ नियम २१२ को उपनियम १ बमोजिम माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’
     
    प्रतिनिधिसभाको बैठक माघ २२ गते आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।


    बुधवार, माघ १८ २०७९०४:३५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij