Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शेयर बजारमा दोहोरो अंकको गिरावट, २ अर्ब ८२ करोडको कारोबार

शेयर बजारमा दोहोरो अंकको गिरावट, २ अर्ब ८२ करोडको कारोबार

  • मंगलवार, माघ १७ २०७९

  • 491
    SHARES

  • शेयर बजारमा दोहोरो अंकको गिरावट, २ अर्ब ८२ करोडको कारोबार
    काठमाडौं । शेयर बजार परिसूचक नेप्से मंगलबार(आज) दोहोरो अंकले घटेको छ । बजार परिसूचक नेप्से १५.७० अंकले घटेर २१११.६८ को बिन्दुमा बन्द भएको छ ।
     
     हिजो ८८ लाख ३६ हजार ४८८ कित्ता धितोपत्र किनबेच हुँदा ३ अर्ब ३० करोड २२ लाख १ हजारको कारोबार भएको बजारमा आज कुल कारोबार रकम २ अर्ब ८२ करोड ४५ लाखमा सीमित छ । आज कारोबारमा आएका २५९ कम्पनीमध्ये १४८ कम्पनीको शेयर मूल्य घटेको छ भने ५७ कम्पनीको मूल्य बढेको र ११ कम्पनीको मूल्य यथावत् रहेको छ ।
     
    कारोबारमा आएका १३ उपसमूहमध्ये आज हाइड्रोपावरबाहेकका सबै उपसमूह राताम्मे भए । घटेको बजारमा पनि आदर्श लघुवित्त कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो । वाराही हाइड्रो, लुम्बिनी जनरल इन्स्योरेन्स र इष्ट्रन हाइड्रोका शेयर धनीले आजको बजारमा नाफा कमाए ।
     
    प्राइम लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त लगायतका कम्पनीका शेयरधनी आजको बजारमा धेरै गुमाउनेमा परे । यी कम्पनीहरूको शेयरमूल्य आज ४.३७ देखि ५.२१ प्रतिशतसम्मले घटेको थियो । रिडी पावर कम्पनीको शेयरमा दोस्रो बजारको आकर्षण थियो । यो कम्पनीको १९ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।


    मंगलवार, माघ १७ २०७९०४:०५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij