Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कुलमानको पक्षमा बालाजु र जोरपाटीमा प्रदर्शन

कुलमानको पक्षमा बालाजु र जोरपाटीमा प्रदर्शन

  • बुधवार, भाद्र ३१ २०७७

  • 1.1K
    SHARES

  • कुलमानको पक्षमा बालाजु र जोरपाटीमा प्रदर्शन

    काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

    बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेको हो भने जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । विभिन्न प्ले–कार्डसमेत बोकेकाहरुले सरकारले कुलमानमाथि न्याय गर्न नसकेको भन्दै चर्को नाराबाजी गरेका थिए ।

    राष्ट्रिय झण्डासहित उपस्थित युवाहरुको समूहले कुलमानको पुनः नियुक्तिमा ढिलाइ गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले कुलमानलाई फेरि प्राधिकरणमा जिम्मेवारी दिने गरी निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    घिसिङको चार वर्षको कार्यकाल आइतबार पूरा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नै कुलमानलाई दोहो¥याउन इच्छुक नदेखिएको स्रोत बताउँछ । तर, जनस्तरबाट भने कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ति गर्न सरकारमाथि दबाव सिर्जना भएको छ ।

     


    बुधवार, भाद्र ३१ २०७७०१:३८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij