Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सुगा जापानको ९९ औं प्रधानमन्त्री !

सुगा जापानको ९९ औं प्रधानमन्त्री !

  • बुधवार, भाद्र ३१ २०७७

  • 1.2K
    SHARES

  • सुगा जापानको ९९ औं प्रधानमन्त्री !

    एजेन्सी । योशिहिडे सुगा जापानको ९९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । शिन्जो आबेको राजीनामापछि त्यहाँको संसदले सुगालाई देशको नयाँ प्रधानमन्त्रीको रूपमा चयन गरेको हो ।

    नयाँ प्रधानमन्त्रीका लागि आज केन्द्रिय सिनेटमा भएको मतदानमा सुगाले १४२ मत प्राप्त गरेका थिए ।

    आबेको घनिष्ठ सहयोगी रहेका सुगाले उनका पूर्ववर्ती नीतिहरू जारी राख्ने अपेक्षा गरिएको छ । आबेले स्वास्थ्यमा समस्या देखिएपछि गत महिना राजीनामा दिएका थिए ।

    जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)ले सोमबार सुगालाई सिन्जो आबेको स्थानमा नयाँ नेताको रुपमा चयन गरेको थियो ।

    सुगाले सन् २०२१ को सेप्टेम्बरमा हुने निर्वाचनसम्म आफ्नो कार्यभार सम्हाल्नेछन् ।

     


    बुधवार, भाद्र ३१ २०७७१२:३५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij