Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने नेपाली नागरिकता लिन जिल्ला प्रशासन जाँदै 

रवि लामिछाने नेपाली नागरिकता लिन जिल्ला प्रशासन जाँदै 

  • आइतवार, माघ १५ २०७९

  • 758
    SHARES

  • रवि लामिछाने नेपाली नागरिकता लिन जिल्ला प्रशासन जाँदै 
    काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र पुर्नप्राप्तिमा लागि आइतबार(आज) जिल्ला प्रशासन कार्यालय काठमाडौं जानुहुने भएको छ ।
     
    उहाँ आज दिउँसो बबरमहलस्थित जिप्रका जाने उहाँ निकट स्रोतले जनाएको छ। गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उहाँले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गर्नुभएको हो ।

    सर्वोच्च अदालतले गत शुक्रबार अमेरिकी नागरिकता त्यागपछि प्रक्रिया नपुर्‍याएकाले लामिछानेको नेपाली नागरिकता कायम नरहेको फैसला गरेको थियो।

    यससँगै, उहाँको सांसद पद खारेज भएको थियो। यसपछि उहाँले उपप्रधान तथा गृहमन्त्रीसँगै सबै पद गुमाउनुभएको थियो।  


    आइतवार, माघ १५ २०७९०८:१३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij