काठमाडौं। क्युवाबाट संयुक्त राज्य अमेरिकाका लागि हिँडेको डुँगा दुर्घटना हुँदा पाँच जना क्युबाली आप्रवासी मृत्यु भएको छ। भने १२ जना बेपत्ता भएका छन्। गम्भीर आर्थिक संकटका कारण अमेरिकातर्फ पलाएन भएका उनीहरूको शक्तिशाली छालमा डुंगा डुब्दा ज्यान गएको हो ।
समुद्रबाट तटरक्षकहरूले ११ जनालाई भने जिवितै उद्धार गरेका थिए। डुंगामा सवार १२ जना अझै हराइरहेका छन्। विगत केही महिनायता फ्लोरिडाको समुद्री मार्गबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको सङ्ख्या बढेको छ।
अमेरिकी तट रक्षकहरूले गत अक्टोबर १ देखि हालसम्म पाँच हजार तीन सय २१ जना क्युबालीलाई समुद्रमा रोकेको बताएका छन् । त्यसअघि पनिउनिहरुले छ हजार एक सय ८२ जनालाई प्रवेश गर्न रोकेका थिए ।