Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतमा दुई ठाउँमा ३ विमान दुर्घटना : ३ जना मरे, केही घाईते

भारतमा दुई ठाउँमा ३ विमान दुर्घटना : ३ जना मरे, केही घाईते

  • शनिवार, माघ १४ २०७९

  • 596
    SHARES

  • भारतमा दुई ठाउँमा ३ विमान दुर्घटना : ३ जना मरे, केही घाईते

    काठमाडौं। भारतमा दुईवटा विमान दुर्घटनामा परेका छन्। आज बिहान भएको छुट्टाछुट्टै विमान दुर्घटनामा तीन जनाको मृत्यु भएको छ, भने केही घाईते भएका छन् ।

    ग्वालियरबाट एकैसाथ उडान भरेका भारतीय वायु सेनाका फाइटर जेटसुखोई–३० र मिराज २००० विमान एक आपसमा ठोक्किएका थिए। मध्य प्रदेशको मोरेनामा वायुसेनाको सुखोई–३० एमकेआई र मिराज–२००० विमान दुर्घटनाग्रस्त भएको रक्षा स्रोतले जानकारी दिएको छ।

    घटनाको जानकारी पाएलगत्तै प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका थिए। यस्तै आज नै भारतमा एक अर्को चार्टर्ड विमान पनि दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको बताइएको छ।

    आगराबाट उडान भरेको चार्टर्ड विमान राजस्थानमा दुर्घटनाग्रस्त भएको बताइएको छ। अहिलेसम्म उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको र केही घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।


    शनिवार, माघ १४ २०७९०१:४८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij