Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आइएसका उच्च नेता सुडानीको सोमालियामा मृत्यु भएको घोषणा

आइएसका उच्च नेता सुडानीको सोमालियामा मृत्यु भएको घोषणा

  • शुक्रवार, माघ १३ २०७९

  • 402
    SHARES

  • आइएसका उच्च नेता सुडानीको सोमालियामा मृत्यु भएको घोषणा
    काठमाडौं । अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादी संस्था आईएसका उच्च नेता विलाल अल सुडानी सोमालियामा मृत्यु भएको घोषणा गरेको छ ।
     
    अमेरिकी सेनाले सोमालियामा गत बुधबार गरेको कारबाहीमा सुडानीको मृत्यु भएको अमेरिकी रक्षामन्त्री ललोइड अस्टिनले घोषणा गरेका हुन् । सुडानीको मृत्यु अमेरिका र उसका सहयात्री देशहरूका लागि सुखद खबर भएको रक्षामन्त्री अस्टिनको भनाइ छ ।
     
    सुडानीको गतिविधिको लामो अध्ययनपछि राष्ट्रपति जो बाइडेन, रक्षामन्त्री अस्टिन र अमेरिकी सेनाका संयुक्त प्रधान सेनापति मार्क मिलेको अनुमति र निगरानी गरिएको कारबाहीमा सुडानीको मृत्यु भएको अमेरिकी रक्षामन्त्रालय पेन्टागनले जनाएको छ ।
     
    लामो समयदेखि अमेरिकी सेनाको राडरभित्र रहेका सुडानीले अफ्रिकी देशहरू तथा अफगानिस्तानमा आइएस् गतिविधिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने गरेको अमेरिकाको दाबी छ । अमेरिकी सेनाले कारबाहीका क्रममा सुरुमा सुडानीलाई पक्राउ गर्न खोजेको तर असफल भएपछि मृत्यु भएको जनाइएको छ।


    शुक्रवार, माघ १३ २०७९०२:३९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij