Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

युक्रेनलाई सैन्य सामग्री दिने देशहरू निशानामा रहेको रुसको चेतावनी

युक्रेनलाई सैन्य सामग्री दिने देशहरू निशानामा रहेको रुसको चेतावनी

  • शुक्रवार, माघ १३ २०७९

  • 483
    SHARES

  • युक्रेनलाई सैन्य सामग्री दिने देशहरू निशानामा रहेको रुसको चेतावनी
    काठमाडौं । नाटोले युक्रेनलाई अत्याधुनिक युद्ध सामग्री उपलब्ध गराएर अमेरिका र युरोप प्रत्यक्ष रूपमा युद्धमा संलग्न भएको आरोप रुसले लगाएको छ ।
     
    अमेरिका, जर्मनी र बेलायतले युक्रेनलाई आफ्ना अत्याधुनिक सैन्य ट्यांक दिने निर्णय गरेपछि रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेसकोवले रुस विरुद्ध लड्न पश्चिमा देशहरूले अत्याधुनिक हतियार दिनु युद्धमा सिधै संलग्न हुनु भएको बताएका छन् । अत्याधुनिक युद्ध सामग्री दिनु प्रत्यक्ष युद्धमा सहभागी हुनु होइन भन्ने वासिङ्टन र युरोपेलीहरूको तर्क हास्यास्पद रहेको प्रवक्ता पेसकोवको तर्क छ ।
     
    उनीहरू युद्धमा प्रत्यक्ष आइरहेको समेत उनको भनाइ छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्वसल्लाहकार सर्गेई कारागानोवले पनि नाटोले अत्याधुनिक सैन्य ट्यांक युक्रेनलाई दिएर पश्चिमाहरू खुला रुपमा रुस–युक्रेन द्वन्दमा संलग्न भएको दाबी गरेका छन् ।
     
    अबको निशाना उनीहरू विरुद्ध पनि हुनसक्ने उनले चेतावनी समेत दिएका छन् ।


    शुक्रवार, माघ १३ २०७९०२:३५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij