Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ शुक्रबार

गृहमन्त्री लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ शुक्रबार

  • बुधवार, माघ ११ २०७९

  • 464
    SHARES

  • गृहमन्त्री लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ शुक्रबार
    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादसम्बन्धी मुद्दाको सुनुवाइलाई शुक्रबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको छ।
     
    बुधबार(आज)देखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएपनि जवाफी बहसको समय नभएकाले मुद्दालाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
     
    आज रिट निवेदक र विपक्षी तर्फका कानुन व्यवसायीको बहस सकिएको छ। अब शुक्रबार रिट निवेदकको तर्फबाट जवाफी बहस हुनेछ। सम्भवतः शुक्रबार नै अदालतले एउटा निर्णय दिनेछ ।
     
    लामिछानेले अमेरिकी नागरिकता तथा पासपोर्ट त्याग नगरी (त्याग गरेको निस्सा नदिई) राजनीतिक दल दर्ता गरेको, निर्वाचनमा प्रतिस्पर्धा गरेको तथा निर्वाचित भएको भन्दै उहाँको सांसद पद खारेजी लगायतका कारबाहीको माग गर्दै सर्वोच्चमा छुट्टा–छुट्टै २ थान रिट निवेदन दर्ता भएका थिए । 
     
    अधिवक्ता रविराज बसौला समेत तथा युवराज पौडेलले दायर गरेको रिटमा बुधबारदेखि संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएको थियो ।  
    शुक्रबार जवाफी बहस सुनेर फैसला लेख्न नभ्याएमा संवैधानिक इजलासले सुनुवाइ सकेर निसु (निर्णय सुनाउने) तोक्न सक्ने छ। निसु तोकेमा भने फैसला केही दिन सर्ने छ। यो मुद्दाले राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य र लामिछानेको सांसद तथा मन्त्री पदको निरन्तरता तय गर्ने छ।


    बुधवार, माघ ११ २०७९०४:०८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij