Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुपर मादी हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासन

सुपर मादी हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासन

  • सोमवार, माघ ९ २०७९

  • 507
    SHARES

  • सुपर मादी हाइड्रोपावरको आईपीओ आजदेखि  निष्कासन
    काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
     
    आईपीओमा लगानीकर्ताले आउँदो माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
     
    कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
     
    कम्पनीले जारी पुँजी दुई अर्ब १० करोडको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसमध्ये दुई लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीलाई बाँडफाँट गरिसकेको छ ।
     
    यस्तै, सामूहिक लगानी कोषलाई एक लाख पाँच हजार कित्ता शेयर बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानीयलाई पनि १० लाख ५० हजार कित्ता शेयर बाँडफाँट गरिएको छ ।
     
    ४२ हजार कित्ता शेयर कम्पनीका कर्मचारीका लागि छुट्ट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १७ लाख ३३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
     
    कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।


    सोमवार, माघ ९ २०७९०६:३३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij