Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

कंगनाको जयालाई प्रश्न : तपाईँको छोरा झुण्डिएको भए पनि यस्तै भन्नुहुन्थ्यो ?

कंगनाको जयालाई प्रश्न : तपाईँको छोरा झुण्डिएको भए पनि यस्तै भन्नुहुन्थ्यो ?

  • मंगलवार, भाद्र ३० २०७७

  • 1.6K
    SHARES

  • कंगनाको जयालाई प्रश्न : तपाईँको छोरा झुण्डिएको भए पनि यस्तै भन्नुहुन्थ्यो ?

    काठमाडौं ।  बलिउडमा ड्रग विवाद अब उत्कर्षमा पुगेको छ । यसमा समाजवादी पार्टीकी सांसदसमेत रहेकी अभिनेत्री जया बच्चनदेखि नायिका कंगना रनौटसम्म मुझिएका छन् । यसैबीच, यस विवादमा जया र कंगना आमने सामने भएका छन् ।

    मंगलबार राज्यसभामा जयाले कसैको पनि नाम उल्लेख गरिनन् । तर, व्यंग्य गर्दै भनिन्, ‘फिल्म इन्डष्ट्रीमा नाम कमाउनेहरुले नै यसलाई अहिले नाली भनिरहेका छन् । सरकारले यस्ता मानिसलाई यस्ता भाषाको प्रयोग नगर्न आग्रह गरोस् भन्ने मलाई आशा छ ।’

    जयाले सुशान्तको मृत्युपछि बलिउडसँग कंगनाले विवाद र भाजपा सांसद रवि किशनले लोकसभामा दिएको मन्तव्यलाई लक्षित गर्दै केही मानिसका कारण सिंगो उद्योगको छवि धमिलयाउन नपाइने बताइन् ।

    ‘केही मानिसका कारण तपार्ईँ पूरै उद्योगको छविलाई धुमिल पार्न सक्नुहुन्नँ । हिजो लोकसभामा हाम्रा एक सदस्य, जो फिल्म उद्योगसँग जोडिएका छन्, उनले यसविरुद्ध बोले । यो लाजमर्दौ विषय हो’, उनले थपिन्, ‘तपाईँ जुन थालमा खानुहुन्छ त्यसमा प्वाल पार्न सक्नुहुन्नँ ।’

    जयाको यस भनाइप्रति कंगनाले कडा जवाफ फर्काएकी छिन् । ‘जयाजी, मेरो साटो तपाईँकी छोरीलाई कुटिएको भए, ड्रग्स दिइएको भए र युवावस्थामा शोषण भएको भए यस्तै भन्न सक्नुहुन्थ्यो’, कंगनाले जयाको भाषणसहित ट्विट गरेकी छिन्, ‘यदि अभिषेक (जयाका छोरा)ले लगातार शोषणको कुरा गरेको भए वा उनलाई एकदिन झुण्डिएको अवस्थामा भेटेको भए, तपाईँले यस्तै भन्न सक्नुहुन्थ्यो ? हामीमाथि सहानूभूति राख्नुहोस् ।’

    केही दिनअघि मात्र कंगनाले बलिउड उद्योग ड्रग्सका आडमा चलेको बताउदै आफूलाई पनि दुव्र्यसनमा पारिएको आरोप लगाएकी थिइन् ।

    jaya.PNG

     


    मंगलवार, भाद्र ३० २०७७०२:२२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij