Sep 20 2026 | २०८३, आश्विन ४ गते

२०८३, आश्विन ४ गते
  • यो साता चर्चामा :
images

सभामुख घिमिरेले लिए पद तथा गोपनीयताको शपथ

सभामुख घिमिरेले लिए पद तथा गोपनीयताको शपथ

  • शुक्रवार, माघ ६ २०७९

  • 395
    SHARES

  • सभामुख घिमिरेले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं। नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । शुक्रबार शीतल निवासमा आयोजित एक कार्यक्रमबीच उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको हो ।

    शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी हुनुभएको थियो।

    यस्तै, उपसभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ ।प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार प्रतिनिधि सभाका कुनै पनि सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधि सभा नियमावली २०७५ को नियम ८ को उपनियम २ बमोजिम प्रस्तावको सूचना आज दिउँसो १ देखि अपरान्ह ४ बजेसम्ममा दर्ता गर्न सकिने छ ।

    निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ताक्रमानुसार सवा ४ बजे संसद भवन नयाँवानेश्वरमा प्रकाशित गर्ने कार्यतालिका रहेको सचिव योगीले जानकारी दिनुभयो । आज दर्ता भएको उम्मेदवारी अनुसार भोलि उपसभामुखको निर्वाचन हुने छ ।


    शुक्रवार, माघ ६ २०७९१२:२५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij