Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अमेरिकामा आँधीमा परी ९ जनाको मृत्यु

अमेरिकामा आँधीमा परी ९ जनाको मृत्यु

  • शनिवार, पौष ३० २०७९

  • 431
    SHARES

  • अमेरिकामा आँधीमा परी ९ जनाको मृत्यु

    काठमाडौं । अमेरिकाको दक्षिणी भेगमा पर्ने अलाबामा राज्यमा आएको आँधीमा परी ९ जनाको मृत्यु भएको छ । आँधीले विनाश निम्त्याएको सो क्षेत्रमा उद्धार कार्य जारी रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

    उद्धारकर्ताहरूले प्रभावित क्षेत्रमा घरघरै पुगेर मृतक र घाइतेहरूको खोजी कार्य जारी राखेका छन् । अलाबामाको छिमेकी जर्जिया राज्यको स्पाल्डिङ काउन्टीमा पनि आँधीले विनाश निम्त्याएको बताइएको छ ।

    नजिकैको बट्स काउन्टीमा एउटा रूख लडेर गाडीमा गाडीलाई ठक्कर दिँदा पाँच वर्षीय बालकको मृत्यु भएको छ भने उनका आमाबाबु गम्भीर घाइते भएका छन् ।

    यसैगरी मोन्टगोमेरी सहर नजिकैको आउटाउगा काउन्टी आँधीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार शुक्रबार सम्म मारिएका नौ जना मध्ये सात जना आउटाउगाका बासिन्दा थिए ।

    सेल्मा नजिकैको शहरबाट कुनै हताहती नभएको भएपनि घर र व्यापार लगायत शहरका धेरैजसो क्षेत्रमा व्यापक क्षति पुगेको छ ।

    आँधीले यस चीसो मौसममा व्यापक असर गरेको छ । स्थानीय अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई थप खतराहरूको चेतावनी दिँदै सडकबाट टाढा रहन आग्रह गरेका छन् ।

    यसैगरी जर्जियामा पनि आँधीँबाट धनजनको क्षति भएको छ । हजारौं घरमा बिजुली पुर्नस्थापनाका लागि व्यापक अभियान चलिरहेको छ । भग्नावशेषमा मानिसहरु अझै फसेको हुनसक्ने भएकाले खोजी अभियान चलाइएको छ ।

     


    शनिवार, पौष ३० २०७९०४:१८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij