Sep 20 2026 | २०८३, आश्विन ४ गते

२०८३, आश्विन ४ गते
  • यो साता चर्चामा :
images

वर्षमान पुनलाई रोल्पाबाट हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइयो

वर्षमान पुनलाई रोल्पाबाट हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइयो

  • शनिवार, पौष ३० २०७९

  • 707
    SHARES

  • वर्षमान पुनलाई रोल्पाबाट हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइयो

    काठमाडौं । चुनाव जितेपछि पहिलो पटक रोल्पा पुग्नुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइएको छ।

    उहाँको अहिले ललितपुरको सुमेरू अस्पतालमा उपचार भइरहेको उहाँको निजी सचिवालयले जनाएको छ।
    उहाँ गत बुधबार रोल्पा पुग्नुभएको थियो ।

    वंशाणुगत जण्डिसबाट पीडित नेता पुन चुनावी धपेडीले रोग बल्झिएपछि उपचारका लागि गत मंसिर १६ गते चीन जानुभएको थियो । स्वास्थ्यमा सुधार आएपछि पुस ५ गते उहाँ काठमाडौं फकिनुभएको थियो ।

    यसअघि गत वर्ष पनि पुनको सुरूमा थाइल्याण्ड र पछि चीनका अस्पतालमा उपचार गरिएको थियो ।


    शनिवार, पौष ३० २०७९०४:०९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij