Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यस्तो हुनेछ सभामुख निर्वाचनको प्रक्रिया

यस्तो हुनेछ सभामुख निर्वाचनको प्रक्रिया

  • शनिवार, पौष ३० २०७९

  • 707
    SHARES

  • यस्तो हुनेछ सभामुख निर्वाचनको प्रक्रिया
    काठमाडौं । आउँदो माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ । सत्ता गठबन्धनबाट सभामुख पद एमालेले पाउने निश्चित जस्तै भएको छ । सो निर्वाचनका लागि कांग्रेसले उम्मेदवार उठाउने वा नउठाउनेबारे हालसम्म कुनै निर्णय गरेको छैन । 
     
    सभामुखको निर्वाचनका लागि माघ ३ गते सङ्घीय संसद्का महासचिवले निर्वाचनको कार्यक्रमको सूचना प्रकाशन गर्नेछन् ।  माघ ४ गते सभामुखको उम्मेदवारी दर्ताको कार्यक्रम हुनेछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा उम्मेदवारी दर्ता कार्यक्रम गर्ने संसद् सचिवालयको तयारी रहेको छ  । 
     
    सोही दिन उम्मेदवारको नामावलीका साथै अन्तिम नामावली पनि  प्रकाशन गरिने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ ।  माघ ५ गतेको प्रतिनिधि सभा बैठकमा उम्मेदवारको प्रस्तावकले प्रस्ताव राख्ने र समर्थकले समर्थनमा बोल्ने कार्यक्रम हुन्छ । सभाध्यक्षले प्रस्तावित सभामुखको उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । 
     
    यसरी निर्णयार्थ प्रस्तुत गर्दा पहिला दर्ता भएकोलाई पहिला र पछि दर्ता भएकालाई क्रमशः प्रस्तुत गरिन्छ । पहिलो उम्मेदवारबारे निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएमा दोस्रो उम्मेदवारलाई निर्णयार्थ प्रस्तुत गर्न नपर्ने कानुनी व्यवस्था रहेको प्रवक्ता गिरीले जानकारी दिनुभयो । 
     
    पहिलो उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा दोस्रो उम्मेदवारलाई निर्णयार्थ प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ । एक जनाको मात्र उम्मेदवारी परेमा निर्विरोध घोषणा हुने व्यवस्था रहेको छ ।
     


    शनिवार, पौष ३० २०७९०३:५९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij