Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डा. केसीले जुम्लाबाट सुरू गरे १९ औं सत्याग्रह, यस्ता छन् माग

डा. केसीले जुम्लाबाट सुरू गरे १९ औं सत्याग्रह, यस्ता छन् माग

  • सोमवार, भाद्र २९ २०७७

  • 696
    SHARES

  • डा. केसीले जुम्लाबाट सुरू गरे १९ औं सत्याग्रह, यस्ता छन् माग

    काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा. गोविन्द केसी जुम्लामा अनशन सुरु गर्नुभएको छ । जुम्लाको चन्दननाथ–६ रानीचौरमा रहेको बाबिरा मन्दिरमा उहाँले १९ औं सत्याग्रह सुरु गर्नुभएको हो ।

    नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितताका लागि सरकारविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा. केसीले बताउनुभएको छ ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने र गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने डा. केसीका माग छन् ।

    त्यस्तै, प्रदेश –२, गण्डकी प्रदेश, डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्न प्रक्रिया अघि बढाउनुपर्ने उहाँले माग गर्नुभएको छ ।

    आफूसँग ०७५ साउन १० गते भएको सम्झौंताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका माग राखेर उहाँले अनसन सुरु गर्नुभएको हो ।

    पहिलाको सत्याग्रहका वेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनशन बस्न बाध्य भएको उहाँले बताउनुभएको छ ।

     


    सोमवार, भाद्र २९ २०७७०४:०५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij