Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कंगोमा सशस्त्र समूहद्वारा २७ सर्वसाधारणको हत्या

कंगोमा सशस्त्र समूहद्वारा २७ सर्वसाधारणको हत्या

  • शुक्रवार, पौष २९ २०७९

  • 626
    SHARES

  • कंगोमा सशस्त्र समूहद्वारा २७ सर्वसाधारणको हत्या

    काठमाडौं । सशस्त्र समूहले कंगोमा यस हप्तामात्र कम्तीमा पनि २७ जना सर्वसाधारणको हत्या गरेको छ । कङ्गोको इतुरी प्रान्तमा उनीहरुको हत्या गरेको हो ।

    सो समूहले यस हप्तामात्र २७ जनाको ज्यान लिएको र अरु केही सर्वसाधारण नागरिक घाइते बनाएको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ ।

    संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार यस हप्ता यहाँको इतुरी प्रान्त र अर्को डिजुगु प्रान्तमा हिंसा फैलिएको छ । यहाँको विद्रोही समूह सोडेकोले पछिल्ला केही दिनयता हत्या हिंसाको शृङ्खला बढाएको कङ्गोमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले जानकारी दिएको छ ।

    कङ्गोमा संयुक्त राष्ट्रसङ्घका शान्ति सेना रहेका छन् । शान्ति मिसनमा रहेका शान्ति सेनामाथि पनि यहाँको सोडेको समूहका हतियारधारीहरुले हमला गर्ने गरेका छन् । सो हमलामा परेर यहाँ कार्यरत शान्ति सैनिक पनि मारिने गरेका छन् ।

    पछिल्लो समयमा शान्ति सेनाले यहाँका कतिपय हिंसाग्रस्त क्षेत्रमा तैनाथ पनि बढाएको छ । यसक्रममा उनीहरुले यहाँका सर्वसाधारणलाई सुरक्षा दिने र उनीहरु विस्थापित हुनुपर्ने अवस्था आएमा त्यस्तो हुनबाट रोक्ने काम गरिरहेका बताइएको छ । (रासस र सिन्ह्वा)


    शुक्रवार, पौष २९ २०७९०३:३१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij