काठमाडौं । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)का प्रवक्ता नाराणकाजी श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
आज ट्विटरमा श्रेष्ठले विद्युत प्राधिकरणलाई घिसिङको योगदान अझै आवश्यक भएकाले पुनर्नियुक्ति हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभएको छ ।
घिसिङलाई नेपाल आमाको सुयोग्य सुपुत्र भन्दै उर्जाक्षेत्रमा उहाँले पु¥याउनुभएको योगदान नेपाली जनताले कहिल्यै नबिर्सने प्रवक्ता श्रेष्ठले बताउनुभएको छ ।
‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ । उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा म विश्वस्त छु’, प्रवक्ता श्रेष्ठले लेख्नुभएको छ ।
