काठमाडौं । संगीतकार नारायण रायमाझीले कुनै वेलाको आफ्नो ‘चर्चित’ गीत ‘उनको प्रिती पहिले हो कि मेरो प्रिती पहिले’लाई रिमेक गरेर बजारमा ल्याउनुभएको छ ।
नयाँ भर्सनको गीतलाई रचना रिमाल र प्रवीन बेडवालले गाउनुभएको छ ।
गीतका शव्द राष्ट्रकवि माधवप्रसाद घिमिरेका रहेका छन् । उहाँको केही समयअघि मात्र निधन भएको थियो । स्व. राष्ट्रकविकै सम्झनास्वरुप गीतलाई रिमेक गरिएको संगीतकार रायमाझीले बताउनुभयो ।
‘यो गीत खासमा मैले अलि अगाडि निकाल्नुपर्ने थियो’, नेपाली नेटवर्कसँग उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रकविज्यूको स्वर्गाहरण भइसकेको छ । त्यसैले उहाँको सम्झनामा निकालेको हुँ ।’
गीतको पहिलो भर्सन ०६० मा आएको थियो । जसमा जगदिश समाल र सपनाश्रीको स्वर रहेको थियो ।
गीतको भिडियोमा राष्ट्रकविलाई पनि देख्न सकिन्छ ।