Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी सरकारले एउटा मन्त्रालय घटाउने, प्रवक्तामा मन्त्री आचार्यलाई  तोक्ने निर्णय 

लुम्बिनी सरकारले एउटा मन्त्रालय घटाउने, प्रवक्तामा मन्त्री आचार्यलाई  तोक्ने निर्णय 

  • बिहिवार, पौष २८ २०७९

  • 496
    SHARES

  • लुम्बिनी सरकारले एउटा मन्त्रालय घटाउने, प्रवक्तामा मन्त्री आचार्यलाई  तोक्ने निर्णय 
    काठमाडौं । लुम्बिनी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ ।
     
    माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएपछि मन्त्रालयको संख्या बढाएर १३ पुर्‍याउनुभएको थियो ।  मुख्यमन्त्री लीला गिरीको अध्यक्षतामा बसेको नयाँ सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले एउटा मन्त्रालय घटाउने निर्णय गरेको हो ।
     
    बैठकले सरकारको प्रवक्तामा मन्त्री चेतनारायण आचार्यलाई  तोक्ने निर्णय गरेको छ । उहाँ नेकपा एमाले संसदीय दलका उपनेता हुनुहुन्छ ।  बैठकले लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने सबै सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरेको छ ।
     
    लुम्बिनी प्रदेशमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय,भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, ग्रामीण, शहरी विकास तथा खानेपानी मन्त्रालय रहनेछन् ।
     
    त्यस्तै स्वास्थ्य तथा मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन तथा संस्कृति मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय र श्रम, यातायात तथा भूमि व्यवस्था मन्त्रालय पनि रहनेछन् ।


    बिहिवार, पौष २८ २०७९०५:०५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij