Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विवादबीच पनि किन विभाग प्रमुख मनोनित गर्दैछन् देउवा ?

विवादबीच पनि किन विभाग प्रमुख मनोनित गर्दैछन् देउवा ?

  • सोमवार, भाद्र २९ २०७७

  • 927
    SHARES

  • विवादबीच पनि किन विभाग प्रमुख मनोनित गर्दैछन् देउवा ?

    काठमाडौं । संस्थापनइतर पक्षको विरोधका बीच कांग्रेस सभापति शेरबहादुर देउवाले थप विभागमा प्रमुख मनोनित गर्ने तयारी गर्नुभएको छ ।

    देउवाले थप नौ विभागका प्रमुख तोक्न लाग्नुभएको उहाँनिकट एक केन्द्रीय सदस्यले जानकारी गराएका छन् । विभागमा मनोनयन गर्नकै लागि देउवाले आफूनिकटका नेताहरुसँग आन्तरिक संवाद गरिसक्नुभएको छ ।

    स्रोतका अनुसार कुन–कुन विभाग र प्रमुख भन्ने निश्चित भइसकेको छैन । विधानतः २८ विभाग हुने प्रावधानलाई केन्द्रीय समितिबाट बहुमतबाट पारित गराएर ४७ पु¥याइएको छ ।

    विभाग बढाउने तथा मनोनयनको निर्णयप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाउँदै आएको छ । असन्तुष्ट समूहले विरोध गर्दागर्दै पनि देउवाले २० विभागमा प्रमुख तोक्नुभएको थियो । प्रमुख तोकिएका विभागमा देउवाले चरण–चरण गरी सदस्य विस्तार गरिसक्नुभएको छ ।

    महाधिवेशनको कार्यतालिका कार्यान्वयनको समयमा विभाग विस्तार गर्न नहुने पौडेल पक्षको तर्क छ । सभापतिले आफूनिकटका नेता-कार्यकर्ता व्यवस्थापनगरी १४ औं महाधिवेशन प्रभावित पार्न लागेको उक्त समूहको आरोप छ ।


    सोमवार, भाद्र २९ २०७७०१:३९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij