Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओली भेट्न प्रचण्ड बालकोटमा, मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल हुने

ओली भेट्न प्रचण्ड बालकोटमा, मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल हुने

  • बुधवार, पौष २७ २०७९

  • 567
    SHARES

  • ओली भेट्न प्रचण्ड बालकोटमा, मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल हुने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट फर्किएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ ।

    गोरखा महोत्सवलाई सम्बोधन गरेर काठमाडौं आइपुग्नुभएका उहाँ सत्ता साझेदार प्रमुख घटक एमालेका अध्यक्ष ओलीसँग संघीय मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल गर्न पुग्नुभएको हो ।

    प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भइसकेको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या र विभाग बाँडफाँटको लागि अनौपचारिक छलफल पनि भइरहेको छ ।

    संविधानको सीमाअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद हुने भएकाले साझेदार दलहरुको आकारअनुसार संख्या र विभागीय मन्त्रालय बाँडफाँट हुनेछ ।

    सत्ता साझेदार दलहरुबीच मन्त्रालय नफुटाउने सहमति भइसकेको छ । केही राज्यमन्त्रीसहित २५ जनाको मन्त्रिपरिषदले ढिलोमा शुक्रबारसम्म पूर्णता पाउने नेताहरुले बताएका छन् ।


    बुधवार, पौष २७ २०७९०६:५०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij