Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रेशम चौधरीको रिहाई हुने भएपछि नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई समर्थन

रेशम चौधरीको रिहाई हुने भएपछि नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई समर्थन

  • बुधवार, पौष २७ २०७९

  • 523
    SHARES

  • रेशम चौधरीको रिहाई हुने भएपछि नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई समर्थन

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गठबन्धनलाई सरकारलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने भएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महिना दिनभित्र रेशम चौधरीसहित टीकापुरका घटनाका राजबन्दीहरूलाई रिहाइ गर्ने आश्वासन दिएपछि गठबन्धन सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई थारूहरूलाई माघीको उपहारस्वरुप रेशम चौधरी र टीकापुर घटनाका राजबन्दीहरूलाई माघ महिनाभित्रै रिहाइ गर्ने आश्वान दिनुभएको छ ।

    सुदूरपश्चि प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइ नगरेसम्म गठबन्धन सरकारलाई समर्थन नगर्ने जनाएको थियो। अध्यक्ष चौधरीले सरकारलाई समर्थन गरे पनि नागरिक उन्मुक्ति प्रतिपक्षीमा बस्ने बताउनुभयो ।

    ुयससँगै सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका तर्फबाट राजेन्द्र सिंह रावल केही बेरमै मुख्यमन्त्रीमा दाबी पेस गर्दै हुनुहुन्छ । उहाँले माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गर्न लाग्नुभएको हो ।


    बुधवार, पौष २७ २०७९०४:४३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij