Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णालीमा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने

कर्णालीमा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने

  • बुधवार, पौष २७ २०७९

  • 866
    SHARES

  • कर्णालीमा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने

    काठमाडौं । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् ।

    बुधबार (आज) मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु अघि सत्तारुढ गठबन्धनका मुख्य दुई घटकबीच आलोपालो सरकारको नेतृत्वबारे सहमति भएको हो । माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार एमाले र माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।

    जसअनुसार पहिलो अढाई वर्ष नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व लिनेछ । त्यसपछि एमालेले सरकारको नेतृत्व गर्ने उहाँले बताउनुभयो ।

    एमाले र माओवादी केन्द्रबीच यस्तो सहमति भएसँगै मुख्यमन्त्रीका लागि दाबी पेस गर्न जाने तयारी भइरहेको छ । प्रदेश प्रमुख समक्ष माओवादी केन्द्रका राजकुमार शर्माले मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् ।


    बुधवार, पौष २७ २०७९०४:२२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij