काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिनुहुने भएको छ । मंगलबार (आज) भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बिना विभागीय मन्त्री पञ्चराम गुरुङले जानकारी दिनुभयो ।
नेकपा एमालेका खगराज अधिकारीले नेकपा एमाले, माओवादी, राप्रपा र राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३३ जनाको समर्थनमा सोमबार (हिजो) मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । ६० सिट संख्या रहेको गण्डकी प्रदेशमा बहुमत पुर्याउन ३१ सिट चाहिन्छ ।
अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्दा एमालेका २२, माओवादीका ८ र राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का २ र एकीकृत समाजवादीका एक जना गरी ३३ सांसदको समर्थन गरेका थिए ।