Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओली र देउवाबीच संसद विघटनबारे घोचपेच

ओली र देउवाबीच संसद विघटनबारे घोचपेच

  • मंगलवार, पौष २६ २०७९

  • 497
    SHARES

  • ओली र देउवाबीच संसद विघटनबारे घोचपेच

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद् विघटनबारे घोचपेच चलेको छ ।

    मंगलबारको प्रतिनिधि सभा बैठकमा ओलीभन्दा अघि बोलेका कांग्रेस सभापति देउवाले संविधानको रक्षाका लागि प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीले विश्वासको मत दिन चाहेको बताउनुभएको थियो ।

    त्यसक्रममा उहाँले प्रतिनिधि सभामा सोमबार बोल्ने क्रममा ओलीले संसद् विघटन हुनसक्ने भन्दै दिएको अभिव्यक्तिको आलोचना गर्नुभएको थियो ।

    देउवाले फेरि त्यस्तो अवस्था नआओस् भन्नका लागि कांग्रेसले सरकारलाई विश्वासको मत दिने भन्दै ‘प्रतिनिधि सभाको हिजो बसेको पहिलो बैठकमा नेकपा एमालेका अध्यक्ष तथा वर्तमान सत्ता गठबन्धनका समेत नेताको सम्बोधनमाथि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, देउवाले ओलीलाई लक्षित गर्दै भन्नुभयो, ‘उहाँले संविधानको पूर्णकालीन संसद्को व्यवस्थाको विपरीत फेरि पनि संसद् विघटन गर्न सकिने कुरा जोडदार रूपमा दोहो¥याउनु भएको छ ।

    संविधानको पालना र रक्षाका लागि हिजोका दिनमा वर्तमान प्रधानमन्त्रीसहित हामी एक ठाउँमा उभिएका थियौं । सम्माननीय सर्वोच्च अदालतले पनि संविधानको व्यवस्था अनुरूप विघटित संसद्को पुर्नस्थापना गरेको थियो। आज फेरि वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकका नेताबाटै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्षमा संविधानको रक्षाका लागि खरो रूपमा उभिने चुनौती हाम्रो सामुन्ने आएको छ। वर्तमान प्रधानमन्त्रीको लागि पनि यो परीक्षणको घडी हो ।’

    जवाफमा अध्यक्ष ओलीले विगतमा संसद् विघटन कांग्रेस र राजाले गरेको बताउनुभयो। ‘म एउटा कुरा भन्छु । १५ सालमा संसद् बन्यो, १७ सालमा संसद् विघटन गर्ने राजा महेन्द्र हुन् म होइन । ४८ सालमा निर्वाचन भयो ५१ सालमा संसद् विघटन गरेर मध्यावधिमा जाने नेपाली कांग्रेस हो म होइन’ ओलीले भन्नुभयो, ‘गुरुजी आफूले गरेका कुरा कतिपल्ट संसद् विघटन भो, कतिपल्ट के भो ? माननीय शेरबहादुरजीले ५८ सालमा संसद् विघटन गरेर मध्यावधिमा गएर आश्विन १८ र माघ १९ होइन ? मेरा मित्रलाई म सोध्न चाहन्छु यहाँले होइन संसद् विघटन गर्‍या ?’

    अध्यक्ष ओलीले त्यसबेला अरु सबैले विरोध गर्दा पनि आफूले समर्थन गरेको भन्दै मौका अनुसारको व्याख्या राजनीतिमा नगर्न आग्रह गर्नुभयो । उहाँले कांग्रेसको समर्थन जाल होइन भने राम्रो भन्दै यसमा भोलि केही सोचिएको भए ढोक्सा खाली हुने चेतावनी दिनुभयो ।


    मंगलवार, पौष २६ २०७९०२:३६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij