Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेशः कांग्रेसद्धारा सांसद बैठक बहिष्कार

कर्णाली प्रदेशः कांग्रेसद्धारा सांसद बैठक बहिष्कार

  • शनिवार, आषाढ २० २०७७

  • 667
    SHARES

  • कर्णाली प्रदेशः कांग्रेसद्धारा सांसद बैठक बहिष्कार

    सुर्खेत । बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक बहिष्कार गरेको छ । शनिबार बसेको बैठकमा कांग्रेस सांसदहरु उपस्थिति नै भएनन् ।

    मन्त्रालयहरुको छुट्टाछुट्टै योजनासहित किताब नआएपछि बैठकमा भाग नलिइएको विपक्षी दलका नेता नेता जीवनबहादुर शाहीले बताउनुभयो । उहाँले सबै मन्त्रालयहरुको बजेट किताब मन्त्रालयगत रुपमा नआइसकेको कारण आफूहरु बैठकमा सहभागी नभएको बताउनुभयो ।

    कांग्रेसले सबै मन्त्रालयका अलग–अलग रातो किताब बनाउनुपर्ने माग गर्दै आएको छ । सरकारले भने सबै मन्त्रालयको योजना समेटेर एउटै किताब प्रदेशसभामा वितरण गरेको थियो । कर्णाली प्रदेशसभामा कांग्रेसका ६ सांसद छन् ।


    शनिवार, आषाढ २० २०७७०४:२४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij