काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलामा असन्तुष्टि जनाउँदै ८ वटा मुद्दा उपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
विभिन्न मितिमा फैसला भएकामध्ये घुस रिसवत र नक्कली शैक्षिक प्रमाणपत्र लगायतका ८ वटा मुद्दामा आयोगको निर्णयअनुसार सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारले आइतबार विज्ञप्तिमार्फत जनाएको छ ।
पुनरावेदन दिएकामध्ये ७ वटा घुस÷रिसवतसम्बन्धी मुद्दा छन् भने एउटा झूटो विवरण पेस गरी ओहोदा ग्रहण गरेको सम्बन्धी छ ।
पछिल्लो समय अख्तियारले यस्तै धेरै मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिरहेको छ ।