Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

धर्ना छाडेर अनुसन्धानमा सघाउनुस्ः गृहमन्त्री लामिछाने

धर्ना छाडेर अनुसन्धानमा सघाउनुस्ः गृहमन्त्री लामिछाने

  • आइतवार, पौष २४ २०७९

  • 435
    SHARES

  • धर्ना छाडेर अनुसन्धानमा सघाउनुस्ः गृहमन्त्री लामिछाने

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सघाउन आग्रह गर्नुभएको छ ।

    सरकारले उक्त घटनाबारे संवेदनशील भएर छानबिन अघि बढाउनुका साथै नेपाल प्रहीको केन्द्रीय अनुशन्धान ब्युरो सीआईबीले विशेष टोली परिचालन गरि छानबिन गरिरहेको भन्दै गृहमन्त्रीले धर्ना र आन्दोलनका सबै गतिविधि छोडेर छानबिनका लागि सहयोग गर्न आग्रह गर्नुभएको हो ।

    मन्त्री भएर आएपछि लामिछानेले धर्नामा रहेकी रुबी खानलाई दुई पटक टेलिफोन गरि यो घटनामा सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सघाउन आग्रह गरेको उहाँको सचिवालयले जनाएको छ ।

    यसअघि गत सोमबार लामिछानेले गृह मन्त्रालयमा गृह सचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफल गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई सत्यतथ्य छानबिन गरि प्रतिवेदन पेस गर्न निर्देशन दिनुभएको थियो ।

    बाँकेको नेपालगञ्ज उपमहागरपालिका १७ कि निर्मला कुर्मीका श्रीमानको ०६२ मा मृत्यु भएको थियो । त्यसपछि आफ्ना दुई छोरासंग बसिरहेकी कुर्मीको ०६६ मंसिरमा १० दिनको अन्तरालमा निर्मलाका दुई छोराको रहस्यमय ढंगले मृत्यु भएको थियो ।

    त्यसपछि निर्मलाका श्रीमान र छोराको नाममा रहेको घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मीले लालपुर्जा र निर्मलाको नागरिकता लिएका थिए । त्यसपछि कुर्मी बेपत्ता भइन् । कुर्मी बेपत्ता बनाएको घटनामा नेपाली कांग्रेसका नेता बादशाह कुर्मीविरुद्ध उजुरी समेत परेको छ ।


    आइतवार, पौष २४ २०७९०२:५६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij