Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा

सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा

  • आइतवार, पौष २४ २०७९

  • 482
    SHARES

  • सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा

    काठमाडौं । सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको छ ।

    एकै दिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको छ । यो मूल्य वि. सं. २०७९ कै उच्च हो ।

    गत वर्ष (२०७८) फागुन २५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको रेकर्ड छ । सो दिन प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    त्यसयता घट्दै गएको मूल्य ९१ हजार रुपैयाँसम्म झरेको थियो । पुनः मूल्य उकालो लागेसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाउन सक्ने संकेत देखिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ ।

    चाँदीको मूल्य पनि गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च प्रतितोला १ हजार ४५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

     


    आइतवार, पौष २४ २०७९०२:३१:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij