काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भेट गर्नुभएको छ ।
आज सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग दुई शीर्ष नेताहरुले भेट गर्नुभएको हो ।
भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले भेटमा दुई राजनीतिक दलहरु सकारात्मक रहेको र विश्वासको मत दिनेमा विश्वस्त रहेको बताउनुभयो।
उहाँले विश्वासको मत लिने बारेमा नै छलफल भएको र दुई नेताहरु सकारात्मक रहेको बताउनुभयो। त्यस्तै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिने बारेमा छलफल चलिरहेको र पुनः छलफल हुने बताउनुभएको छ।