Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नाइजेरियामा डुंगा पल्टिँदा १४ जनाको मृत्य, ६ बेपत्ता

नाइजेरियामा डुंगा पल्टिँदा १४ जनाको मृत्य, ६ बेपत्ता

  • शनिवार, पौष २३ २०७९

  • 462
    SHARES

  • नाइजेरियामा डुंगा पल्टिँदा १४ जनाको मृत्य, ६ बेपत्ता

    काठमाडौं । उत्तरपश्चिम नाइजेरियामा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा अन्य ६ जना बेपत्ता भएका छन्। केब्बी राज्यको कोको÷बेस्से स्थानीय क्षेत्रस्थित नदीमा मंगलबार साँझ सो डुंगा पल्टिँदा उक्त दुर्घटना भएको हो।

    उक्त डुंगामा करिब १०० किसान सवार थिए जसमध्ये ८० जनालाई सकुशल उद्धार गरिएको छ। हिजो विज्ञप्ति जारी गर्दै राष्ट्रपति मुहम्मदु बुहारीले दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन्। साथै बेपत्ता व्यक्तिहरूको खोजीमा खटिएका उद्धारकर्मीहरूको प्रयासको प्रशंसासमेत गरेका छन्।

    राष्ट्रपतिले विशेषगरी ग्रामीण क्षेत्रमा डुंगाको यातायातको उचित नियमनमा बढी ध्यान दिन सरोकारवालालाई आग्रह गरेका छन्।


    शनिवार, पौष २३ २०७९०५:२०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij