Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्सेमा १७.९२ अंकको वृद्धि,  ५ अर्बको कारोबार

नेप्सेमा १७.९२ अंकको वृद्धि,  ५ अर्बको कारोबार

  • बिहिवार, पौष २१ २०७९

  • 568
    SHARES

  • नेप्सेमा १७.९२ अंकको वृद्धि,  ५ अर्बको कारोबार
    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार(आज) पनि शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम पनि ५ अर्ब नाघेको छ । लगातार बढेको बजारमा आज नाफा बुक गर्ने लगानीकर्ता र बजार बढ्ने आशामा नयाँ लगानीकर्ता प्रवेशले तीव्र उतारचढाव देखियो । जसले गर्दा कारोबार रकम पनि बढेर ५ अर्ब नाघेको हो ।
     
    साताको ५ कारोबार दिनमध्ये चार दिन नेप्सेमा वृद्धि हुँदा मंगलबार भने एकल अंकको सामान्य गिरावट भएको थियो । बुधबार करिब ६५ अंकको उच्च वृद्धि भएको बजार परिसूचक नेप्से आज पनि १७.९२ अंक (०.८४ प्रतिशत) ले वृद्धि भएर २१४३.७६ अंकमा बन्द भएको छ ।
     
    बजारलाई लिड गर्ने बैंकिङ सहित अन्य उपसमूह गिरावट भएपनि त्यसबाहेकका सबै उपसूचकमा वृद्धि हुँदा बजार परिसूचक नेप्सेलाई उचालेको हो । आज बैंकिङ उपसमूह ०.३१ प्रतिशत र अन्य उपसमूह ०.८७ प्रतिशतले गिरावट हुँदा होटेल तथा पर्यटन उपसमूह ५.७५ प्रतिशतले वृद्धि भएको छ ।
     
    आज नेप्सेमा कुल ५ अर्ब ४ करोड ७ लाख ४१ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको मात्रै ४३ करोड १९ लाख ६७ हजारको कारोबार भएको छ । यस्तै रिडी पावरको २१ करोड ४१ लाख ८ हजार र हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ८४ लाख ७९ हजारको कारोबार भएको छ ।
     
    आज नेप्सेमा कुल २१३ सूचीकृत कम्पनीको शेयर कारोबार हुँदा १४७ कम्पनीको शेयरमूल्य बढेको छ । त्यस्तै ६२ कम्पनीको शेयरमूल्यमा गिरावट हुँदा ४ कम्पनीको शेयरमूल्य स्थिर छ । जसमध्ये ५ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशत र २ कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । यता मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य २.८८ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य २.८२ प्रतिशतले गिरावट भएको छ ।


    बिहिवार, पौष २१ २०७९०४:५७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij