Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा सत्ता साझेदार दलहरूका शीर्ष नेताहरुबीच छलफल

बालुवाटारमा सत्ता साझेदार दलहरूका शीर्ष नेताहरुबीच छलफल

  • बुधवार, पौष २० २०७९

  • 458
    SHARES

  • बालुवाटारमा सत्ता साझेदार दलहरूका शीर्ष नेताहरुबीच छलफल

    काठमाडौं । बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बसेको छ।

    आज अपरान्ह प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता साझेदार दलहरूको शीर्ष नेताहरूको बैठक बसेको हो।

    बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापतिसमेत रहनुभएका गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्छ।

    न्यूनतम साझा कार्यक्रम ल्याउने, समसामयिक राजनीतिलगायत विषयमा उनीहरूबीच छलफल भएको हो।

    प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ । मन्त्रिमण्डल विस्तार पनि हुन सकेको छैन। कसले कुन मन्त्रालय लिने भन्नेबारे पनि छलफल हुने सम्भावना छ।


    बुधवार, पौष २० २०७९०५:१७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij