Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड र नेपालबीच भेटवार्ता, एकिकृत समाजवादीलाई सरकारमा ल्याउने प्रचण्डको कसरतले पाउला त सार्थकता ?

प्रचण्ड र नेपालबीच भेटवार्ता, एकिकृत समाजवादीलाई सरकारमा ल्याउने प्रचण्डको कसरतले पाउला त सार्थकता ?

  • बुधवार, पौष २० २०७९

  • 686
    SHARES

  • प्रचण्ड र नेपालबीच भेटवार्ता, एकिकृत समाजवादीलाई सरकारमा ल्याउने प्रचण्डको कसरतले पाउला त सार्थकता ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । दुईजनाबीच छलफल जारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

    प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुनेबारे नेकपा एकीकृत समाजवादीले अझै कुनै निर्णय गर्न सकेको छैन । उनीहरूले सरकारबाट औपचारिक प्रस्ताव नआएको बताउँदै आइरहेका छन् । आजमात्रै नेपालले प्रचण्डको अनुहार हेरेर समर्थन गर्न मिल्ने भए गरिसक्ने प्रतिक्रिया दिनुभएको थियो ।

    प्रचण्डले माधव नेपाललाई पनि आफू नेतृत्वको सरकारमा समेट्ने प्रयास गरिरहनुभएको छ ।


    बुधवार, पौष २० २०७९०२:५४:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij