काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकमा ३० जनाले आफ्नो धारणा राखेका छन् । आजबाट सुरु भएको बैठक भोलिपनि बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।
सरकारमा जाने बारेमा औपचारिक रुपमा प्रस्ताव नआएको उहाँको भनाइ छ । उहाँले वामपन्थी एकताको पक्षमा भएपनि अहिले तत्काल कसैसँग एकता गर्ने पक्षमा नरहेको बताउनुभयो । सरकार जानेबारे अहिले एककित्ता असहमत भएको छ ।
जसपाका प्रवक्ता मनिष सुमनले नेकपा एससँग एकता भयो भने कुनै आश्चर्य नमान्दा हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो, ‘कस्तो राम्रो कुरा गर्नुभएछ । एकताका लागि हाम्रो छलफल भइरहेको छ ।’