Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

अख्तियारका प्रमुख आयुक्त घिमिरे आज विवादका बीच विदा हुदै

अख्तियारका प्रमुख आयुक्त घिमिरे आज विवादका बीच विदा हुदै

  • आइतवार, भाद्र २८ २०७७

  • 1.2K
    SHARES

  • अख्तियारका प्रमुख आयुक्त घिमिरे आज विवादका बीच विदा हुदै

    काठमाडौं।चौतर्फी आलोचना र असन्तुष्टिका बीचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेको कार्यकाल आज सकिन लागेको छ ।

    भ्रष्टाचारको छानबिन गर्ने मुख्य निकायको मुख्य जिम्मेवारीमा रहेका घिमिरेले भ्रष्टाचारका धेरै काण्डमा मौन रहेको भन्दै सर्वत्र आलोचना र असन्तुष्टि व्यक्त भएको हो ।

    उहाँको कार्यकालले आयोगलाई अर्थहित, प्रभावहिन बनाउदै आयोगको औचित्यमाथी नै प्रश्न उठाउन थालिएको छ । उहाँको कार्यकालमा एक अर्ब २४ करोडको औषधी खरिदमा ओम्नीलाई विनाप्रतिस्पर्धा ठेक्का, नेपाल ट्रस्टका जग्गामा यतीको एक्लौटी र रेलमार्गका नाममा ३३ अर्बको ठेकेदारी मिलेमतोलगायतका दर्जनभन्दा बढी ठूला काण्डमा अख्तियार मौन बस्यो ।

    त्यसैगरी सात महिनामा पनि भएन ७० करोड ‘घुस बार्गेनिङ’को अनुसन्धानमा मौन, संसदीय समितिले चार अर्ब भ्रष्टाचार भनेको वाइडबडी खरिद प्रकरण अख्तियारले दुई वर्षमा पनि टुंगो नलगाउनु, गरिबका लागि दाताले दिएको २९ अर्बमा भएको अनियमिततामा छानबिन नगर्नु, बालुवाटार जग्गा प्रकरणमा सानालाई ऐन, ठूलालाई चैन गराउनु, किसानको नामका दाताबाट आएको अर्बौँको अनुदान भ्रष्टाचार हुँदा पनि मौन रहनुलगायतका दर्जनौ कारणले घिमिरेप्रति असन्तुष्टि र आशंका व्यक्त भएको हो ।

    चार वर्ष आयुक्त र दुई वर्ष प्रमुख आयुक्त रहँदा उनले अख्तियारबाट तलब र पूर्वसचिवको हैसियतमा पेन्सनसमेत बुझिरहेकाले थप आलोचना भयो ।

     

     


    आइतवार, भाद्र २८ २०७७०९:१७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij